Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको बीमा



काठमाडौं, पुस ११ । चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार पाउने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिने भएको छ ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका एक सय दिनको बीमा व्यवस्था गरेको हो ।

प्रतिव्यक्ति ९७ रुपियाँका दरले करिब एक करोड ९७ लाख रुपियाँ बीमा शुल्क (प्रिमियम) सरकारले तिर्नेछ ।सम्झौताअनुसार श्रमिकको सामूहिक बीमाले सात लाख रुपियाँसम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाबाट अपाङ्गताको अवस्थाका आधारमा बढीमा सात लाख रुपियाँ र कार्यस्थल घाइतेलाई औषधि उपचारबापत ७५ हजार रुपियाँसम्म बीमा रकम दाबी गर्न सकिने व्यवस्था गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय बीमा समितिबीच सम्पन्न सम्झौताअनुसार पुस १ देखि असार मसान्तसम्म लागू हुनेगरी उक्त व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्