Logo

उपत्यकाका नामी भू-माफिया भिआइपी ठग कक्षपति प्रक्राउ



काठमाडौँ, ११ पुस । ठगी काण्डमा फरार रहेका सहदेब कक्षपतिलाई महानगरीय प्रहरी परिसर काठमाडौँले प्रक्राउ गरेको छ । प्रहरी परिसरका प्रमुख अशोक सिंहले शनिबार पक्राउ गरेको विषयमा जानकारी गराएका हुन् । सहदेब कक्षपतिको समूह भू माफियाको रुपमा परिचित छन् । उनलाई अदालतले सजाय तोकेको थिए ।

कक्षपतिले हाईप्रोफाइल व्यक्तिहरुको नाम जोडी ठगी कार्य गर्दै आएका थिए । उनका समूहले थूप्रै हाईप्रोफइलका व्यक्तिहरुको अरबौँ रुपैयाँ ठगी गरेका थिए । उनले नेपाली कांग्रेसका उप सभापति विजय गच्छेदारलाई नाता लगाएर ठगी गर्दै आएका थिए । उक्त कार्यविरुद्व प्रहरीमा उजुरी समेत परेको थियो ।

कक्षपतिसंगै ठगी काण्डमा प्रहरीले रेवती ढकाल र विष्णु श्रेष्ठलाई समेत पक्राउ गरेको छ । कक्षपतिको समूहले प्रधानन्यायधीश चोलेन्द्र सम्सेर राणको नाम समेत ठगी गर्दै आएको प्रहरीले जनाएको छ । उनले विभिन्न अपराध गरी सर्वसाधारणलाई ठगी गर्दै आएको र बैँकबाट सर्वसाधारणको जग्गा धितो राखी पैसा निकाल्ने काम समेत गर्दै आएका थिए । उनलाई अदालतले तीन महिनाको सजाय सुनायपनि उनी फरार रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्