काठमाडौं, ११ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पछिल्लो समय उत्पन्न परिस्थितिको बारेमा छलफल भएको बुझिएको छ । उक्त भेटमा नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको सख्त आलोचना र विरोध गरेका थिए । सचिवालय सदस्यसमेत रहेका गौतम अहिलेसम्म पार्टीभित्रको विवादपछि कुनैपनि कित्तामा स्पष्ट खुलेर लागेका छैनन् । File Photo