Logo

मन्त्री नपाएपछि छक्कको रातारात कित्ताकाट (प्रेस वक्तव्यसहित)



काठमाडौं, ११ पौष । हुम्लाबाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका बिघटित प्रतिनिधिसभाका सांसद हुन् छक्कबहादुर लामा । तत्कालिन नेकपा माओवादीले टिकट नदिएपछि उनी बागी उठेर जितेका थिए । छक्कले त्यतिबेला धेरैलाई छक्क पारेका थिए ।

स्वतन्त्र उठेर जितेपनि उनी पछि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । नेकपा विभाजनपछि छक्कले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष लिए । उनलाई केन्द्रीय कमिटीमा समेत मनोनित गरियो । छक्क मन्त्री बन्ने आशामा दंग परे । तर, बालुवाटारले ८ मन्त्री र एक राज्यमन्त्री थप्दा उनको नाम परेन । त्यसपछि उनले रातारात कित्ताकाट गरे । छक्क अहिले नेकपा प्रचण्ड पक्षमा पुगेका छन् ।

शनिबार हस्तलिखित प्रेस वक्तव्य जारी गरी उनले प्रचण्ड नेपालको मूल पार्टीमा रहेको स्पष्ट पारेका छन् । उनले सबैलाई नेकपा प्रचण्ड नेपाल समूहमा निरन्तर रुपमा लागि रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्