Logo

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव तयार



काठमाडौं, ११ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्रको विभाजनको असर प्रदेशसभामा समेत धमाधम देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । थप तीन प्रदेशहरुमा मुख्यमन्त्रीहरुमाथि अविश्वासको तयारी भइरहेको छ ।

भोलि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । उनका विरुद्ध नेकपा सांसदहरुले नै प्रस्ताव दर्ता गर्ने भएका छन् । त्यसको अन्तिम तयारी भइसकेको छ ।

नेकपाको बहुमत रहेको उक्त प्रदेशमा विभाजनपछि राई अल्पमतमा परेका छन् । त्यहाँ प्रचण्ड र माधव नेपालको बढी सांसद छन् । राईको ठाउँमा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ । तर, मुख्यमन्त्री बन्न कसैको पनि एकल बहुमत नरहेको अवस्था छ । प्रदेश १ मा राजनीतिक अस्थिरता बढ्ने निश्चित भएको छ ।
गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको तयारी भइरहेको छ । त्यहाँ नेकपाको स्पष्ट बहुमत छ । तर, फुटपछि गुरुङ अल्पमतमा परेका छन् । उनले बहुमतका लागि साना दल गुहार्न थालेका छन् ।

लुम्बिनी प्रदेशमा पनि शंकर पोखरेलको पद धरापमा परेको छ । त्यहाँ नेकपाको स्पष्ट बहुमत भएपनि फुटपछि पोखरेल अल्पमतमा छन् लुम्बिनीमा पनि राजनीतिक अस्थिरता बढ्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्