काठमाडौं, ११ पुस । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालमा सधैं द्धन्द्ध र अस्थिरताको खेती गर्न चाहने केही स्वदेशी तथा विदेशी शक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रै अवसर दिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले मुलुक फेरि २०५९ साल र त्यसपछिको संवैधानिक र राजनीतिक गोलचक्करमा प्रवेश गरेको पनि बताएका छन् । उनले लेखेका छन्,”नेपालमा सधैं द्वन्द र अस्थिरताको खेती गर्न चाहने केही स्वदेशी र विदेशी शक्तिलाई ओलीले राम्रै अवसर दिए। तर,उनको जमात यो वास्तविकताबाट पुरै निरपेक्ष छ। मुलुक फेरि ०५९ साल र त्यस पछिको संवैधानिक र राजनीतिक गोलचक्करमा प्रवेश गरेको छ। संयमताका साथ यसलाई ट्रयाकमा ल्याउने कोसिस गरौं ।”