Logo

बाबुरामको प्रश्न : अहिले ओलीको कू पछि अदालत पर्खने र सडकमा उत्रने धार! तपाईं कता?



काठमाडौैं, ११ पुस । जनता सामाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जुनसुकै आन्दोलनमा आत्मसमर्पणवादी र संघर्षशीष गरेर दुई धार हुने सुनाउँदै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कू पछि अदालत पर्खने र सडकमा उत्रने धार भन्दै तपाईँ कता ? भनेर प्रश्न गरेका छन् ।

 

उनले आज राति सामाजिक सञ्जाल टिव्टरमार्फत यस्तो लेखेका छन्,”जुनसुकै आन्दोलनमा आत्मसमर्पणवादी र संघर्षशील दुइ धार हुन्छन्। महेन्द्रको कू पछि बीपी-पिएल र तुलसी गिरी-केशरजंग धार!ज्ञानेन्द्रको कू पछि ‘प्रतिगमन आधा सच्चिएको’/‘गोरखाली राजाले न्याय गरेको’ धार र जनयुद्ध/जनआन्दोलनको धार!अहिले ओलीको कू पछि अदालत पर्खने र सडकमा उत्रने धार!तपाईं कता?”



प्रतिक्रिया दिनुहोस्