Logo

यी हुन् शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ३७ सांसद (सुचीसहित)



काठमाडौं, १२ पौष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनी विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका ३७ जना प्रदेश सांसदहरुले आज विहान अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावको प्रस्तावकमा इन्द्रबहादुर आङवो छन् भने समर्थकमा लछुमन तिवारी छन् । उनीहरुले ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित निवेदन दर्ता गरेका छन् ।

प्रस्तावमा राईमाथि विश्वास छैन भनी भीम आचार्यलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावका हस्ताक्षरकर्ताहरुः

२३. राजेन्द्रकुमार राई
२४. धिरेन्द्र शर्मा
२५. रामकुमार राई
२६. टंक आङवुहाङ लिम्बू
२७. होमकुमार सावाँ
२८. उषाकला राई
२९. कमा घले
३०. भीम प्रसाद आचार्य
३१. सौभाग्यवती देवी राई किराँत
३२. गणेशकुमार काँवाङ्ग
३३. सावित्रा कुमार रेग्मी
३४. वसन्ती देवी रेग्मी
३५. सुनिता कुमारी चौधरी
३६. यसोदा अधिकारी
३७. पूर्ण प्रसाद राई

 



प्रतिक्रिया दिनुहोस्