Logo

१४ वर्षीया बालिका ललाई फकाई गरी जबरजस्ती गर्ने पक्राउ



भोजपुर, १२ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका–६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेले ती बालिकालाई पुस ४ गते ललाई फकाई जबरजस्ती करणी गरेकोे खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्