Logo

मृत मृग सहित बस चालक पक्राउ



भक्तपुर, १२ पुस । मृत मृग सहित बस चालक पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार चोकबाट मरेको मृग सहित काभ्रे भुम्लु गाउँपालिका–९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक चौताराबाट आउदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्