Logo

भरुवा बन्दुक बोकेर हिड्दा…



तनहुँ, १२ पुस । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । घिरिङ गाउँपालिका–३ न्युपानेबाट १ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँका ५० वर्षीय रोम बहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सिलिङ सहितको एकनाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले फेला पारी थापालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्