Logo

कमिसन कटौतिपछि रिसाए ब्रोकर



काठमाडौं, १२ पुस । नेपाल धितोपत्र बोर्डले ३३ देखि ६० प्रतिशत सम्म ब्रोकर कमिसन कटौती गरेपछि ब्रोकरहरु विभिन्न माग राखि बोर्ड पुगेका छन् । उनीहरु आइतबारबाट लागु हुने गरी बोर्डले ब्रोकर कमिसन कटौती गरेपछि असन्तुष्टि जनाउँदै बोर्ड पुगेका हुन् ।

बोर्डको निर्णयले दुखी भएको भन्दै आफुहरुमाथि कुठाराघात गरेको आरोप ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसनले लगाएको छ । २०७३ सालमा पनि कमिसन बोर्डले घटाएको बताउदै ब्रोकरहरु ३/४ वर्षदेखि घाटामा भएको गुनासो पोखेका छन् ।

व्यवसायीहरु बल्ल–बल्ल उठ्न खोज्दा कारोवारमा भएको बृद्धिलाई मात्र ध्यान दिएर धितोपत्र बोर्डले कमिसन घटाउने निर्णय गर्नु दुभाग्र्य भएको ब्रोकर एसोशियसनको भनाई छ ।

ब्रोकरहरुले कमिसन कटौति हुँदै जाँदा ब्रोकरहरु पेशाबाट पलायन हुनेको सख्यामा भारी बृद्धि हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । कमिसन कटौतिले बजारको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, व्यवसायिकताको क्षमता अभिबृद्धि, कर्मचारीको वृत्ति विकास जस्ता सबैकुरामा असर गर्ने हुनाले पुनर्विचार गर्न समेत माग गरेका छन् । बोर्ड, व्यवसायी र नेप्सेलाई अलग देखिने गरि कमिसनदरलाई छुट्टाउनु पर्ने उनीहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस्