Logo

सलमान खानको पहिलो माया



एजेन्सी, १२ पुस । बलिउडका दबंग सलमान खानले आज ५५ औ जन्मदिन मनाइरहेका छन् । उनको जन्म २७ डिसेम्बर १९६५ मा भएको थियो । उनले लगभग २७ वर्षदेखि फिल्म उद्योगमा काम गरीसकेका छन् । सलमान खानले १ सय भन्दा धेरै फिल्महरुमा काम गरेका छन् । यसक्रममा उनले केही हिरोइनहरुसँग प्रेम सम्बन्ध पनि राखे । जसमा विश्व सुन्दरी ऐश्वर्या रायदेखि सबैभन्दा आकर्षक कलाकार कटरीना कैफ पनि छन् । तर सलमान खानको को सँग पहिलो माया बसेको थियो त्यसको बारेमा धेरैलाई थाहा नहुन सक्छ, त्यसको बारेमा आज चर्चा गर्नेर्छौ ।

जसीम खानले लेखेको सलमानको बायोग्राफी ‘बीइंग सलमान’मा उनको पहिलो प्रेमिकाको बारेमा बताइएको छ । सलमानको पहिलो प्रेमिका थिइन् शाहीन जाफरी । उनी सुपरस्टार अशोक कुमारको नातिनि हुन् । यसको साथै शाहीन अभिनेत्री कियारा आडवाणीको सानिमा पनि हुन् । शाहीन र सलमानको माया त्यत्तिबेला थियो, जतिबेला सलमान फिल्म क्षेत्रमा थिएनन् । उक्त समयमा सलमान मुम्बईको सेन्ट जेवियर कलेजमा दोस्रो वर्षमा अध्ययनरत थिए । त्यतिबेला उनको उमेर जम्मा १९ वर्षको थियो । त्यसै कलेजमा शाहीन पढ्ने गर्थिन् । सलमानले उनलाई माया गर्ने भएकोले कलेजको गेटमा घन्टौसम्म पर्खेर बस्थे ।

सलमानले शाहीनलाई आफ्नो घरपरिवारसँग पनि भेटाएका थिए । दुवैको परिवारले उनीहरुको प्रेमलाई अनुमति दिएको थियो । चाडैनै विवाह गर्ने योजनामा पनि थिए । तर बीचमा संगीता बिजलानीको प्रवेश भयो । सलमान र शाहीन मुम्बईको एक हेल्थ क्लवमा जाने गर्थे त्यहाँ संगीता पनि आउने गर्थिन् । सलमानसँग संगीता साथी हुँदा हुँदै प्रेममा परिन् ।

शाहीनले काम गर्न सुरु गरेसँगै सलमानसँग टाढा हुँदै गइन् । सलमान यता संगीताको मायामा डुब्न थाले । संगीता र सलमानको विवाह गर्ने कार्ड पनि छापियो तर संगीताले नै विवाह अस्विकार गरेकी थिइन् ।

संगीताले सलमान खानको कोही अरुसँग सम्बन्ध थाहा पाएपछि विवाह तोडेको जानकारहरु बताउँछन् । तर पछिल्लो समयमा भने संगीता र सलमान राम्रो साथी भएका छन् । दुवैजना पार्टीमा सँगै सहभागी हुने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्