Logo

कोरोनाबाट थप ६ जनाको मृत्यु



काठमाडौं, १२ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय ८१ थपिएका छन् । आज ७ हजार ३१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५८ हजार १ सय ८१ संक्रमित भएपनि २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ४ सय ९३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ९ हजार ६ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot