Logo

६० वर्ष भन्दा माथि उमेरकामा रुसी कोरोनाविरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी



एजेन्सी, १२ पुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा उत्पादित कोरोना भाइरसविरुद्वको खोप ६० वर्ष भन्दा बढी उमेरका मानिसहरुमा प्रयोग गर्दा ९० प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले सामाजिक सञ्जाल ट्वीटरमार्फत शनिबार जानकारी गराएको हो ।

कम्पनीले ट्वीटरमा लेखेको छ, ‘रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनीक भीलाई ६० वर्ष वा सो भन्दा बढी उमेरका मानिसमा परिक्षण गर्न अनुमति दिएको छ । उक्त समूहका मानिसमा खोप प्रयोग गर्दा खोप सुरक्षीत र ९० प्रतिशत प्रभावकारी रहेको छ ।’

स्पुतनीक भीलाई ठुलो समुदायमा प्रयोग गर्न ६० वर्ष भन्दा बढी उमेरका मानिस सर्व प्रथम प्रयोग गरिने विषयमा रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले यस अगावै जानकारी दिएका थिए । रुसले कोरोना भाइरस विरुद्व खोपलाई डिसेम्बर १० देखि प्रयोगमा ल्याएको थियो । खोपलाई रुसको सबै क्षेत्रमा पुर्याइसकेको स्वास्थ्य मन्त्रीले जनाइसकेको थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot