Logo

भारत दश वर्षपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हुने



एजेन्सी, १२ पुस । भारत अहिले विश्वको छैठौ ठुलो अर्थतन्त्र भएको मुलुक छ । यसअघि उसले पाँचौं स्थान बनाएकोमा कोरोना भाइरसको महामारीले खस्किएको छ । तर, भारतले चाँडै आफूलाई उठाउने भएको छ । यो एक अध्ययनले देखाएको हो ।

भारत सन् २०२५ भित्र पाचौं स्थानमा उक्लनेछ । त्यसको पाँच वर्षभित्र सन् २०३० सम्मा तेस्रो स्थानमा उक्लने प्रक्षेपण गरिएको छ । भारतले जापान, जर्मनी र बेलायत जस्ता मुलुकलाई उछिन्ने प्रक्षेपण गरिएको छ ।

यो इकोनामिक रिसर्च फर्मले प्रक्षेपण गरेको हो । सिइसिआरले २०२१ लाई लक्षित गरी १९३ देशको अर्थव्यवस्थालाई आँकलन गरी आफ्नो डाटालाई सार्वजनिक गरेका छ । यस फर्मले कोरोना महामारीलाई यसवर्ष प्रथमिकतामा राखी सो आँकलन २०३५ सम्मका लागि गरेको जनाइएको छ ।

भारतले महामारी पश्चात पाँचौ स्थान ग्रहण गर्न बेलायत र फ्रान्सलाई उछिन्दै कायम गरेको छ। महामारीले विश्वलाई धक्का पुर्याएको छ । तर, महामारी बाबजुद पनि एसियाली मुलुकले आफ्नो अर्थतन्त्रलाई पुनः ट्रयाकमा ल्याउन सफल भएको छ भने युरोपको अवस्था झन् थलिँदै गएको सिइबिआरको रिपोर्टले देखाएको छ । भारतले सन् २०२४ सम्ममा आफ्नो ५ ट्रिलिअनको लक्ष्य पूरा गर्ने छ । यसले भारतको अर्थव्यवस्थालाई ७ प्रतिशत देखि ८ प्रतिशतसम्मको वृद्धि गर्नेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot