Logo

मुख्यमन्त्रीले ६ अर्ब रुपैयाँ जथाभावी खर्च गर्दा वित्तीय संकट उत्पन्नः पूर्वमन्त्री आङ्बो



विराटनगर, पुस १३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजनाविना नै ६ अर्ब रुपैयाँ खर्च गरेर वित्तीय संकट उत्पन्न गराउने काम गरेको आरोप पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले लगाएका छन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि आइतवार मन्त्री निवासमै आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री आङ्बोले मुख्यमन्त्रीका कारण प्रदेश सरकार वित्तीय संकटको अवस्थामा पुगेको टिप्पणी गरेका हुन् ।

मुख्यमन्त्री शेरधन राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङका कारण प्रदेश सरकार वित्तीय संकटको अवस्थामा पुगेको भन्दै पूर्वमन्त्री आङ्बोले दीर्घकालीन योजनाको खर्च र अर्थ मन्त्रालयको सहमतिविना बजेटरी खर्च गर्दा समस्या बढेको बताए ।

‘मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्ति भएपछि बजेट सुशासनको अवस्था सकियो,’ उनले भने, ‘स्रोत सुनिश्चित नगरी पूर्वाधार मन्त्रालयले खर्च गर्दा बजेटमा असन्तुलन शुरू भयो र अहिलेको अवस्था आइपुग्यो ।’

अर्थका जानकार उपसचिव हरिहर पौडेल प्रदेशमा बजेट बनाउने एकमात्र कर्मचारी थिए । तर भौतिक पूर्वाधार मन्त्रालयले पेश गरेको ६ अर्बको योजनामा बजेट दिन नसक्ने बताएपछि उनलाई मुख्यमन्त्री कार्यालयमा काज सरुवा भएको थियो । उनका अनुसार गत आर्थिक वर्षमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेको पौने ४ अर्ब रुपैयाँ खर्च भएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्