Logo

काठमाडौं आएको चिनियाँ टोलीबारे परराष्ट्र मन्त्रालय बेखवर



काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आपसी मतभेदसँगै दुई समूहमा बाँडिएपछि मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीको सक्रियता बढेको छ। नेकपामा मतभेद र विभाजनसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका बेला आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओ नेतृत्वको टोली चारदिने नेपाल भ्रमणका क्रममा विशेष विमानबाट काठमाडौं आइपुगेको छ ।

चिनियाँ टोली नेकपाभित्रको विवाद मत्थर पार्ने नेपाल आएको बताइए पनि यो भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर छ। परराष्ट्र मन्त्रालयले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। ‘उहाँहरू राजनीतिक दलको निमन्त्रणामा आएको हुन सक्छ, भ्रमणबारे मन्त्रालयलाई जानकारी छैन र मन्त्रालयले समन्वयन पनि गरेको छैन,’ मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नागरिकसँग भनिन्। सामान्यतया बहालवाला र महत्वपूर्ण सार्वजनिक पदमा बहाल भइसकेका व्यक्तिहरूले विदेशी मुलुकका प्रतिनिधिसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई सँगै राख्नुपर्ने हुन्छ। तर व्यवहारमा भने त्यस्तो देखिँदैन।

चिनियाँ प्रतिनिधिमण्डलले सुरक्षाका लागि नेपाल प्रहरीले उपलब्ध गराउन खोजेको सुरक्षा पनि लिन अस्वीकार गरेको जनाइएको छ। यसो भनिए पनि चिनियाँ दूतावास आसपास र उनीहरू हिँड्ने सम्भावित ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी गराए। चार सदस्यीय प्रतिनिधिमण्डल विमानस्थलबाट सोझै चिनियाँ दूतावास पुगेको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्