Logo

जीवन बहादुर शाहीको प्रश्न : नेकपा चीनपरस्त हो ? (भिडिओसहित)



काठमाडौं, १३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कर्णाली प्रदेशका संसदीय दलका नेता जीवन बहादुर शाहीले चीनले नेपाली भूमी अतिक्रमण गरेको दाबी गरेका छन् । तर, यसबारेमा छानबिनको लागि पहल नगरेको भन्दै सरकारप्रति उनले गम्भीर गुनासो पोखेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चीनले एक ईन्च पनि भूमि नमिचेको भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाएका छन् ।

चीनले नेपालको करिब करिब १२ देखि १५ हेक्टर जमिन मिचेको हुनसक्ने उनको अनुमान छ । तर, आफूलाई यत्तिनै भूमि चीनले मिचेको छ भनेर आँकडा नभएको उनको स्पष्टोक्ति छ । उनले नेकपाको विवाद मिलाउनको लागि चिनियाँ उच्चस्तरीय प्रतिनिधि नेपाल आएकोबारे सोधिएको प्रश्नमा भने,‘के नेपालको कम्युनिष्ट पार्टी चीन परस्त हो ? चिनियाँका भाईचारा हुन ? यो त नेपालको आन्तरिक मामिला हो नि । अरु कुनै देश आएको छ अहिले ? यो भन्दा लज्जाबोध अरु के हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्