काठमाडौं, १३ पौष । नेपाल कम्युनिस्ट पार्टीको विवाद मिलाउन सक्रिय चिनियाँ उच्च राजनीतिक टोली भेटघाटमा व्यस्त छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोलीले आज नेकपा प्रचण्ड समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।
टोलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । यी भेटहरुले ल्याउने परिणामप्रति धेरैको चासो रहेको छ ।
तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल