Logo

पूर्व प्रधानन्यायाधीश पराजुलीसँग ऋषि धमलाको विशेष कुराकानी, अब के हुन्छ ? (भिडिओसहित)



काठमाडौं, १३ पुस । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूले सक्रिय राजनीतिक नगरेको भएपनि राजनीतिक शास्त्रको विद्यार्थीको हिसाबले क्याम्पस जीवनमा दक्षिण एशियाको राजनीतिको बारेमा चासो राख्ने गरेको विगत सम्झिए । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पराजुलीले देशको विकास र स्थायित्वको लागि पनि जनताले नेकपालाई बहुमत दिएर पठाएको सुनाए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई बहुमतको नेतृत्वले सरकारको नेतृत्व गरेको स्मरण गराउँदै उनले सरकार गठनमा कतै रसायन नमिलेको हो कि भन्ने कुरा देखिएको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot