काठमाडौं, १३ पुष । नेपालका लागि गणतन्त्र भारतका राजदूत विनयमोहन क्वात्राले नवनियुक्त उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलाई बधाइृ दिएका छन् । भेटमा राजदूत क्वात्रा र उपप्रधानमन्त्री रायमाझीबीच द्धिपक्षीय उर्जा सम्झौतालाई अघि बढाउने र नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयनको विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।
रायमाझीले हालै उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्लो मन्त्रिमण्डल पूनर्गठनमा रायमाझीलाई उक्त जिम्मेवारी मिलेको हो ।