Logo

श्रीमानको हत्या गरेर प्रहरी चौकीमा उपस्थित हुने निर्दयी महिला



रुकुम पश्चिम, १३ पुस । आफ्नै श्रीमानको एक महिलाले हत्या गरेकी छिन् । हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । आफ्नै श्रीमान ३४ वर्षीय चित्र बहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा आइतबार दिउँसो पक्राउ परेकी हुन् ।

डल्लीले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्