Logo

राइडरहरुले किन गरे ‘पठाओ’ को कार्यालय तोडफोड ?



काठमाडौं, १३ पौष । असन्तुष्ट राइडरहरुको एक समूहले ‘पठाओ’ को कार्यालय तोडफोड गरेका छन् । ट्याक्सी तथा मोटरसाइकल सेयर राइडिङ्ग सेवा पठाओको कार्यालयमा कम्पनीविरुद्ध असन्तुष्ट बनेका राइडरहरले सोमबार तोडफोड गरेका हुन् ।

आज आन्दोलनमा उत्रिएका राइडरहरुले पठाओ कम्पनीलाई ११ बुँदे मागपत्र पेस गरेको जनाएको छ । आज युएन पार्कबाट ¥याली निकालेर पठाओविरुद्ध नाराबाजी गर्दै मध्यबानेश्वर कार्यालय पुगेका थिए ।

राइडरहरुले पेस गरेको पत्रमा राइड सेयरिङ्ग बापतको कमाई कमिसन ८ प्रतिशतमा झार्नुपर्ने, राइडरलाई कम्पनीबाट निलम्बन गर्नुपुर्व जानकारी दिनुपर्ने, राइडर र यात्रुको बीमा हुनुपर्ने जस्ता माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्