Logo

आज संक्रमणबाट थप ७ जनाको मृत्यु



काठमाडौं, १३ पुस । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ६ सय ५९ थपिएका छन् । आज ७ सय १८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५८ हजार ८ सय ४० संक्रमित भएपनि २ लाख ५० हजार ५ सय ८१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ४ सय २७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख १५ हजार २ सय ३२ जनाको पिसीआर परिक्षण भएको छ भने  क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्