Logo

मुक्तिनाथ विकास बैंक र सानिमामाई हाइड्रोको सेयरमुल्य समायोजन



काठमाडौं, १३ पुस । आज मुक्तिनाथ विकास बैंक र सानिमामाई हाइड्रोको सयेरमुल्य समायोजन भएको छ । यी दुई कम्पनीका प्रस्तावित लाभांश साधारण सेयरको लागि पुस १३ गते बुक क्लोज गरेकोले बोनसपछिको मुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकेको जनाएको छ ।

आइतबार कायम भएको मुनाथ विकास बैंकको अन्तिम मुल्य ३७९ रुपैयाँको आधारमा नेप्सेले ११.२५ प्रतिशत सेयरपछिको मुल्य ३४१ रुपैयाँ तोकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनससँगै ४.२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पुस २५ गतेको साधारणसभामा राख्ने भएको छ ।

यसैगरी, सानिमामाई हाइड्राको ३३८ रुपैयाँ अन्तिम मुल्यको आधारमा नेप्सेले १० प्रतिशत बोनस सेयरमा मुल्य समायोजन गरेको जनाएको छ । सानिमामाई हाइड्राको नेप्सेले बोनसपछिको मुल्य ३०७ रुपैयाँ तोकेको छ । हाइड्राले पुस २३ गते प्रस्ताव गरिएको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले बोनससहितको करसमेत ५ प्रतिशत नगद लाभांश समेत प्रस्ताव अगि सारेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्