Logo

हिमालयन बैंकको लाभांश पुस १३ मा सेयर कायम भएकाले मात्र पाउने



काठमाडौं, १३ पुस । हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुसको १३ गते सम्ममा कायम भएका सेयरधनीले मात्र बैंकले विरतण गर्ने लाभांश पाउने भएका छन् ।

बैंकले लाभांश वितरण गर्नलाई पुस १४ गते मंगलबार बुकक्लोज गर्ने जनाएको छ । बैंकको केन्द्रिय कार्यालय कमलादीमा पुस २७ गते हुने वार्षिक साधारणसभाले लाभांश पारित गर्ने जनाईएको छ । उक्त साधारणसभाले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्