Logo

सरकार र उखु किसानबीच ४ बुँदे सम्झौताः २१ दिनभित्र भुक्तानी (सम्झौतासहित)



काठमाडौं, १३ पौष । सरकार र उखु किसानबीच चार बुँदे सम्झौता भएको छ । सोमबार उखु किसान र सरकारबीच सम्झौता भएसँगै उखु किसानहरुले आन्दोलन स्थगित गरेका हुन् ।

सम्झौता अनुसार उखु किसानहरुलाई चिनी उद्योगहरुबाट २१ दिनभित्र भुक्तानी उपलब्ध गराइनेछ । भुक्तानी दिन नमान्ने चिनी उद्योगहरुलाई सरकारले कारबाही गर्नेछ ।

यसअघि उखु किसानहरु उत्पादनको बक्यौता रकम नपाएको भन्दै राजधानीमा आन्दोलन गर्दै आएका थिए । सरकारले भुक्तानी दिन नमान्ने उखु उद्योगहरुलाई कारबाही गर्ने जनाइसकेको छ ।

आज उखु किसानहरुसँगको सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उखु किसानका तर्फबाट रामस्वार्थ राय, गोपाल यादवलगायतको हस्ताक्षर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot