पुष १३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १६५ वटै संसदीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन र सभा गर्यो । विरोधसभामा बोल्ने सबैजसो नेताहरुले प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरे । सवंविधानविपरित प्रतिनिधिसभा विघटन गरेर ओलीले देशलाई संकटतर्प धकेलेको कांग्रेसको आरोप छ । यद्यपी सर्वोच्च अदालतल संसद विघटनको निर्णय उल्ट्याउने विश्वास कांग्रेस नेताहरुले लिएका छन् ।
सभापति शेरबहादुर देउवाले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले सडकमा आउनुपरेको बताए । संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी ओलीले असवैधानिक तरिकाले संसद विघटन गरे पनि सर्वोच्च अदालतले उचित फैसला गर्ने विश्वास व्यक्त गरे ।
उनले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका छन् । अदालतमा विचाराधीन भएको विषयमा धम्क्याएर वा तर्साएर यो निर्णय गर भन नसकिने देउवाको भनाई छ । उता कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको देउवाको आरोप छ ।
देउवाले सम्बोधनको सुरुवात मै आफ्नो पार्टिको धारणा एक वाक्यमा नै सकेका थिए । पदाधिकारी तथा पूर्व पदाधिकारी बैठले ओलीको कदम असवैधानिक भनेको स्मरण गराएपछि त्यससम्बन्धमा अरु केही भनेनन् । त्यसपछी केही मिनेट मात्रै सम्बोधन गरेका देउवाले बारम्बार सर्वोच्च अदालतको निर्णय नै आफुलाई मान्य हुने बताउदै निर्वाचन नै उपयुक्त भएको संकेत गरेका थिए ।
प्रधानमन्त्री ओलीको कदमको विरोधमा आयोजित सभामा देउवाले पटकपटक अदालतमा विचाराधीन मुद्दामा यस्तै हुनुपर्छ भनेर पार्टीका कुनै पनि नेताले भन्न नहुने बताए । उनले सरकारले संसद् विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । त्यसलाई रोक्न अझै एउटा विकल्प अदालत रहेको पौडेलले बताए । पौडेलले सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई संविधानलाई राम्रोसँग पढेर फैसला गर्न आग्रह पनि गरे । संविधानको अक्षरमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्ने व्यवस्था नै नगरेको उनले बताए ।
प्रकाशमान सिंहको भनाई
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाको पार्टीभित्रको आन्तरिक कलह मिलाउन नसकेकोले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले ओलीले जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको जिकिर गरे । जनताको मतको अपमान भएकाले प्रधानमन्त्रीको कदमविरूद्ध प्रतिरोध गर्न समेत आह्वान गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरेका छन् । नेकपाको ओली समुहले बाहेक सबैले संसद विघटनको विरोध गरेको अवस्था छ । सबै जसो दलहरुले सडकमै उत्रिएर विरोध गरिरहेका छन् । तर संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा पुगेको छ । अब अदालतको फैसला पर्खिनुको विकल्प देखिदैन ।
https://www.facebook.com/primetimestvnepal/videos/240684664365324