Logo

भारतीय शेयर बजार नयाँ उचाईमा



एजेन्सी, १४ पुस। भारी विदेशी लगानीका कारण मंगलबार भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाईमा पुगेको छ ।

यसदिन सेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा कारोबार भइरहेको छ । यसैगरी निफ्टी इन्डेक्स पनि २३.५५ अंकको बढोत्तरीका साथ १३ हजार ८९६.७५ को बिन्दुमा कारोबार भइरहेको छ ।

यद्यपी, कारोबारका क्रममा सेन्सेक्सले ४७ हजार ५८६.७४ र निफ्टीले १३ हजार ९६७.६० को स्तर छोएकाे थियाे।

बजारमा बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण पनि १८६.९५ लाख करोड रुपए पुगेको छ । सुरुवातमा बजार पूँजीकरणले १८८ लाख करोड रुपएको स्तरलाई छोएको थियो ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot