Logo

नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त



काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनको असर सुदुरपश्चिम प्रदेश सरकारमा समेत गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् ।

बोहरा ओली समूहका हुन् । भौतिकमन्त्री बनाइएका उनी डडेलधुराबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

सुदुरपश्चिम प्रदेशमा नेकपा एक्लैको बहुमत थियो । पार्टी विभाजन पछि नेकपाको प्रचण्ड समूह र ओली समूह दुवै अल्पमतमा परेको छ । नेपाली काँग्रेसको समर्थनविना सरकार अल्पमतमा पर्ने अवस्था बनेको छ ।

यसअघि नेकपाको बहुमत रहेको बागमती प्रदेश र प्रदेश नम्बर १ मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । त्यहाँ ओली समूहबाट मुख्यमन्त्री छन् । लुम्बिनी प्रदेशमा तत्काल अविश्वासको प्रस्ताव नल्याउने प्रचण्ड समूहको रणनीति रहेको छ । गण्डकी प्रदेशमा पनि प्रचण्ड समूह पर्ख र हेरेको अवस्थामा छ ।



प्रतिक्रिया दिनुहोस्