काठमाडौं, १४ पौष । कुनैबेला प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा थिए मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव । माओवादी फुट्दा विप्लव र वैद्य एकै साथ अलग भए । तर, वैद्यलाई छाडेरन विप्लवले अलग पार्टी घोषणा गरे ।
जुट्दै र फुट्दै गरेका वैद्य र किरण फेरि एउटै मोर्चामा उभिएका छन् । उनीहरुले प्रेस विज्ञप्तिमार्फत् एउटै मोर्चा कसेको जानकारी दिएका हुन् ।
आज प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका हुन् । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका छन् ।
यसैगरी, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चारवटा कम्युनिस्ट शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा संसद बिघटन गरेको आरोप लगाएको छ । उनीहरुले संसदीय व्यवस्था नै असफल भएको निष्कर्ष समेत निकाल्दै जनगणतन्त्र स्थापनाका लागि एक भएर अगाडि बढ्नलागेको जनाएका छन् ।