काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको प्रतिगामी कदमविरुद्ध आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन् । उनले प्रतिगमनको खतरालाई निस्तेज पार्नको लागि पार्टीका सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै उक्त कदमको सबै मिलेर डटेर सामना गर्नुपर्ने बताएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम