Logo

प्रचण्ड र माधव नेपालसँगै विरोध जुलुसको अग्रपंक्तिमा उपराष्ट्रपतिका छोरा दिपेश पुन



काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले विरोध जुलुससहित सभा गरेको छ । आज राजधानीमा निकालिएको जुलुसमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अग्रिम मोर्चामा देखिएका थिए । उनीहरुसँगै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुन पनि देखिए ।

पुन नेकपाको प्रचण्ड समूहमा सक्रिय छन् । उनी बेला बेलामा चर्चामा आइरहन्छन् ।-तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्