Logo

माधव नेपालले गरे प्रतिनिधिसभा पुर्नस्थापना हुने ठोकुवा



काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुर्नस्थापना हुने ठोकुवा गरेका छन् । उनले कुनै हालतमा प्रतिनिधिसभा पुर्नस्थापना हुने ठोकुवा गरे ।

आज नेकपाको प्रचण्ड समूहले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने,‘प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ हुन्छ हुन्छ ।’ आफ्नो भाषणको अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा खर्चिएका उनले कडा चेतावनी दिए ।

ओलीलाई तत्काल सच्चिन भन्दै समयले पतन गराउने चेतावनी दिए । उनले भने,‘सच्निुहोस्, नत्र समयले पर्खनेछैन ।’ ओलीमा लोकतान्त्रिक र कम्युनिस्ट संस्कार नभएको आरोप लगाए । सामूहिकतामा विश्वास गर्ने प्रवृत्ति नभएको बताए ।

केपी शर्मा ओलीमा गुटवाद, निरंकुश चरित्र, हृदय विशाल नभएको तर्क गरे । ओलीमा राजा ज्ञानेन्द्रको जस्तो कार्यशैली भएको आरोप लगाए । उनले भने,‘ज्ञानेन्द्रले मलाई डाकेर गिरिजा विदेशी दलाल भन्ने र गिरिजालाई डाकेर कम्युनिस्टहरु देशद्रोही भन्ने, केपी ओलीको यही शैली छ ।’



प्रतिक्रिया दिनुहोस्