काठमाडौं, १४ पुस । नेप्सेले आज ५ कम्पनीहरुको मुल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार नागरिक लगानी कोष, एनएमबि लघुवित्त, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंकको सेयरमुल्य समायोजन गरेको जनाएको छ ।
नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस सेयर समायोजन गरी कम्पनीको अन्तिम कारोवार ६३९ रुपैयाँको आधारमा प्रतिकित्ता सेयर मुल्य ५५१ रुपैयाँ तोकेको छ । यसरी नै नागरिक लगानी कोषको सोमबार कायम भएको सेयरमुल्य ५ हजार ८ रुपैयाँको आधारमा ८२.८४ प्रतिशत हकप्रद सेयरको समायोजन पछिको मुल्य २ हजार ७८४ रुपैयाँ निर्धारण गरेको छ ।
नेप्सले लुम्बिनी विकास बैंकको लागि ७ प्रतिशत बोनस सेयरसमायोजन पछि सेयरमुल्य २०४ रुपैयाँ तोकेको छ । अन्तिम कारोबार कम्पनीको २८१ रुपैयाँमा भएको थियो । यस्तै मितेरी डेभलपमेन्ट बैंकको अन्तिम सेयर मुल्य कारोवार ३८७ रुपैयाँ भएको आधारमा १५ प्रतिशत बोनस सेयरको मुल्य समायोजन गरी प्रतिकित्ता सेयरमुल्य ३३७ रुपैयाँ निर्धारण गरेको छ । एनएमबि लघुवित्त वित्तीय सस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर ससमायोजन पछि प्रत्रिकित्ता सेयर मुल्य ९८४ रुपैयाँ निर्धारण नेप्सेले गरेको छ । सोमबार अन्तिम कारोबार १ हजार १७१ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।