काठमाडौं, १४ पुस । पुस २९ गते युनाइटेड फाइनान्स कम्पनीले साधारणसभा बोलाएको छ । फाइनान्सले बिहानको ११ः ३० बजे कम्पनीको कार्यालय आइजे प्लाजा दरबारमार्गबाट भर्चुअल माध्यमबाट सभा गर्ने जनाएको छ ।
साधारण सभाले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, ०७७÷०७८ को लेखा परिक्षकको नियुक्ति र पारिश्रामिक तोक्ने प्रस्ताव पारित गर्ने जानकारी दिएको छ ।
पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको थियो । कम्पनीले पुस १४ गते बाट २९ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द हुने जनाएको छ । यो वर्ष कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने कुनै योजना राखेको छैन् ।