काठमाडौं, १४ पुस । ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलेप र बैंक अफ काठमाण्डुबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख र सेलकम प्रा.लीका प्रबन्ध निर्देशकले हस्ताक्षर गरको जनाइएको छ ।
सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने गर्छ । सेलपेमा आवद्ध भएका ग्राहकहरुले अन्य बैंकमा वा बैंक अफ काठमाण्डु लिमिटेड खातामा दर्ता भएका मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण गर्न सक्छन् ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलेपलाई अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप विकास गरिएको जनाएको छ । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, सेयर कारोबारको भुक्तानी गर्न पनि सकिनेछ ।