Logo

वीरगञ्ज आईसीपीमा पूर्वाधार बढाउँदै एनआईटीडीबी



वीरगञ्ज, पुस १५ । वीरगञ्जको नेपाल–भारत एकीकृत जाँच चौकी ९आईसीपी० मा आयातनिर्यातको चाप बढ्न थालेपछि भौतिक संरचना विस्तार गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति ९एनआईटीडीबी० ले आईसीपीमा नयाँ पार्किड र गोदाम बनाएको हो ।

वीरगञ्जको पुरानो इनर्वा नाकाबाट हुँदै आएको आयातनिर्यात आईसीपीमा केन्द्रित भएपछि पूर्वाधार अपर्याप्त भएकाले विस्तार गरिएको एनआईटीडीबी वीरगञ्जका प्रमुख कमल ज्ञवालीले बताए । आईसीपीबाट आयातनिर्यात कारोबार बढेपछि आईसीपीमा गोदाम, पार्किङलगायत संरचना साँघुरो बन्दै गएको थियो ।

ज्ञवालीका अनुसार आईसीपीमा ३०० देखि ३५० ओटा गाडी अटाउने नयाँ पार्किङ सञ्चालनमा आएको छ । ‘यसअघिको पार्किड साँघुरो भएकाले नयाँ पार्किङ बनाउनु परेको हो । आईसीपीबाट हुने आयातनिर्यातको आकार बढ्न थालेपछि २१ हजार वर्गमीटरको नयाँ पार्किङ थपिएको छ,’ उनले भने ।

यसअघि २५० देखि ३०० गाडी अटाउने पार्किङ थियो । पार्किङमा नअटाएका गाडी सडकमा रोकेर राख्नुपरेको थियो । नयाँ संरचना सञ्चालनमा आएपछि सहज भएको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । ‘वीरगञ्ज भन्सारको करीब सबै कारोबार केन्द्रित भएपछि आईसीपी असहज बन्दै गएको छ । वैदेशिक व्यापार वर्षेनि बढ्ने भएकाले सिमानामा यस्ता पूर्वाधारको बलियो प्रबन्ध हुनुपर्छ,’ राजपाले भने ।

आईसीपीबाट अहिले दैनिक ५ सयदेखि ७ सय गाडी भित्रिएको आँकडा एनआईटीडीबीसँग छ । यो संख्या वीरगञ्ज नाकाबाट दैनिक भित्रिने कुल गाडीबराबर हो । इनर्वा नाकाबाट अहिले क्लिंकर, कोइला, भारतीय आयल निगमको रक्सौल डिपोबाट भित्रिने इन्धन र केही परिमाणमा औद्योगिक कच्चा पदार्थ भित्रिने गरेको छ । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्