Logo

चौरजहारीमा नयाँ शहर आयोजना अधुरै



रुकुम,पुस १५ । मध्यपहाडी लोकमार्गमा पर्ने प्रस्तावित १० ओटा नयाँ शहरमध्ये एक हो, चौरजहारी उपत्यका । चौरजहारीमा ८ वर्षअघि उक्त आयोजनाको काम शुरू भए पनि सरकारको प्राथमिकतामा नपर्दा विभिन्न संरचना निर्माण अलपत्र परेको छ ।

बजेट अभावले देखिनेगरी काम हुन नसकेको आयोजना कार्यालयले बताएको छ । चालू आर्थिक वर्षमा चौरजहारीका लागि ११ करोड रुपैयाँ मात्रै बजेट आएको छ । तर निर्माणाधीन एउटै योजना सक्न १९ करोड आवश्यक परेको आयोजना कार्यालय प्रमुख धीर फडेराले बताए ।

उनका अनुसार चौरजहारी उपत्यकाको महŒवपूर्ण मानिएको सडक कालोपत्र गर्ने काम लामो समयदेखि अलपत्र छ । ‘यही आर्थिक वर्षको अन्तिमसम्ममा कालोपत्र सक्ने गरी ठेकेदारसँग सम्झौता भएको छ,’ उनले भने, ‘तर बजेट व्यवस्थापन गर्न नसक्दा ठेक्का लागिसकेको काम पनि अलपत्र परेको हो ।’

आयोजना कार्यालयका अनुसार बाँसखोला–एयपोर्ट–बसपार्क–त्रिवेणी–खौचेनी–विजयश्वरीडाँडा सडक झण्डै ८ किलोमिटर लामो छ । सडक कालोपत्रका लागि ४० करोड ३५ लाख रुपैयाँमा ठेक्का लागेको छ । ठेकेदार कम्पनीले झण्डै ७० प्रतिशत काम सके पनि २१ करोड रुपैयाँ मात्र भुक्तानी भएको फडेराले बताए ।आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्