Logo

१ अर्ब ४० करोड मुद्दतीमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं,पुस १५ । नेपाल राष्ट्र बैंकले १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपरेकोले उक्त रकम २०७७ फागुन १ गतेदेखि २०७८ फागुन १ गते सम्म ९३६७ दिन०को मुद्दती निक्षेपमा लगानी गर्न लागिएको बताइएको छ ।

केन्द्रीय बैंकले रू। १ अर्ब १२ करोड रुपैयाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा रू। २१ करोड रुपैयाँ र वित्त कम्पनीहरूमा ७ करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ । राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई पुस १६ गते दिउँसो ३ बजेभित्र पेश गर्न अनुरोध गरेको छ ।आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्