Logo

पूर्वाधारमा बैंकको तीन खर्ब



काठमाडौं, पुस १५ ।अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे। सरकारी स्वामित्वको नेपाल बैंकले पाँच अर्ब रूपैयाँ लगानी गर्ने सम्झौता गरेको उक्त आयोजनामा इन्भेस्टमेन्ट बैंकले तीन अर्ब ५० करोड, राष्ट्रिय वाणिज्य, हिमालयन बैंक तथा कर्मचारी सञ्चय कोषले दुईरदुई अर्ब रूपैयाँ लगानी गर्ने सहमति गरे। एक सय ६० मेगावाट विद्युत् उत्पादन क्षमताको उक्त आयोजनामा लक्ष्मी, कृषि विकास, एसबिआई, बैंक अफ काठमान्डुलगायत वित्तीय संस्थाले पनि लगानी गर्ने सम्झौता गरेका छन्।

असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गरेका छन्। यसमध्ये भौतिक निर्माण क्षेत्रमा ३ खर्ब १ अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ।

विकास निर्माणका काममा लगानी गर्न स्थापना गरिएको इन्फ्रास्टक्चर बैंकले पहिलो लगानी कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित करुवा सेती हाइड्रोपावरमा गर्‍यो। उक्त परियोजनामा इन्फ्रास्टक्चरसहित हिमालयन र सानिमा बैंकले पाँच अर्ब ८० करोड रूपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। परियोजना सकिएपछि ३२ मेगावाट विद्युत् उत्पादन हुनेछ। केही समयअघिसम्म नेपालका बैंकहरू ठूला आयोजनामा लगानी गर्न आनाकानी गर्थे। माथिका यी उदाहरणले अहिले समय फेरिएको देखाएको छ। बैंकहरू ठूल्ठूला आयोजनामा लगानी गर्न थालेका छन्। सके एक्लैले नसके मिलेर बैंकहरूले कर्जा लगानी गर्न थालेपछि एकातिर ठूला आयोजनाले गति लिने अपेक्षा गरिएको छ भने अर्कातर्फ समूहमा काम गर्ने संस्कृतिको विकास भइरहेको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्