एजेन्सी, १५ पुस । पूर्वी चीन झेजियांगका २ लाख ८१ ह्जार ८ सय व्यक्तिले कोरोना भाइरसविरुद्वको आपत्तकालिन खोप लगाएका छन् । झेजियांग प्रान्तको स्वास्थ्य निकायले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
कोरोना विरुद्वको आपतकालिन खोपको पहिलो अभियान झेजियांग प्रान्तले सञ्चालन गरेको छ । प्रत्येक व्यक्तिले खोपको दूईवटा डोज लिनु पर्ने थियो ।
खोप लगाएका कुनैपनि व्यक्तिमा रिएक्शन नभएको निकायले स्पष्ट पारेको छ । प्रान्तले फेब्रअरी ५ भित्र आपत्तकालिन खोप अभियानलाई पुरा गर्नेछ । खोपलाई सामान्य स्तरमा प्रयोग गर्ने मान्यता दिनासाथ सम्पूर्ण बर्गका मानिसमाथि छिट्टै प्रयोग गरिने विषयको समेत जानकारी निकायले गराएको छ । खोप लगाउन १५ भन्दा बढी स्वास्थ्यकर्मीलाई व्यावसायिक पशिक्षण समेत दिइएको जनाइएको छ । चीनको अन्य थुप्रै प्रान्तले आपत्तकालिन खोपको प्रयोग गरिरहेको समेत जनाइएको छ ।-Photo: Agency