Logo

‘स्पुतनीक भी र एस्ट्रेजेनेकाको संयुक्त खोपले कोरोनाविरुद्व दूई वर्षसम्म प्रतिरक्षा गर्ने’



एजेन्सी, १५ पुस । रुसी रिसर्च सेन्टरद्वारा निर्मित कोरोनाविरुद्वको खोप स्पुतनीक भी र एस्ट्रेजेनेकाको संयुक्त रुपको खोपले कोरोना भाइरसविरुद्व दूई वर्षसम्म लड्ने सक्ने छ । यस विषयको जानकारी ग्यामलेया रिसर्च सेन्टरका निर्देशक एलेक्जेन्डर गिंट्सवर्गले सोमबार टेलिभिजन अन्तरवार्तामा बताएका हुन् ।

दुई खोेपको मिश्रीत परिणामले शरीरमा मेमोरी सेललाई राम्ररी उत्पादन गर्न सक्षम हुने र खोप लगाएका व्यक्तिलाई दूई वर्ष सम्म रक्षा गर्ने समेत निर्देशकले बताए । कोरोना विरुद्वको संयुक्त खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई पर्याप्त मात्रामा बढाउने छ ।

ग्यामेलिया रिसर्च सेन्टर र ब्रिटिश स्वीडिस कम्पनीले संयुक्त रुपमा खोप निकाल्ने विषयमा दूई पक्षिय सम्झौत गरिसकेको निर्देशनले स्पष्ट पारेका थिए । भाइरस र खोपको सन्दर्भमा निर्देशकले भने,‘हामी ७० प्रतिशत मानिसमा खोप लगाए भने भाइरस नियन्त्रण हुने छ । र, यसको फैलावलाई समेत हामी नियन्त्रण गर्न सक्ने छौँ । अहिले कोरोना रोक्न लगाइएको प्रतिबन्धलाई पालना गर्दै आएको छिट्टै खोपको विकास भए अगामी वर्षको नोभेम्बसम्म मानिस प्राय बिना प्रतिबन्ध आफ्नो दैनिकिमा लाग्न सक्ने छ ।’ कोरोनाको नियन्त्रण गर्न खोप मात्र एक विकल्प रहेको उनले स्पष्ट पारे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot