Logo

कोरोना महामारीले झन् भयावह हुने चेतावनी



एजेन्सी, १४ पुस । अमेरिकी सरकारी निकायका वैज्ञानिक एनथोनी फउचीले कोरोना महामारी झन् भयावह अवस्थामा पुग्ने जनाएका छन् । उनले आइतबार यस विषयको चेतावनी दिँदै अमेरिकको अवस्था अझ डरलाग्दो हुने अवगत गराए ।

फाउचीले विश्वासका साथ भने, ‘आगामी वर्षको अप्रील महिनाभित्र उच्च स्तरका मानिसहहरुले खोप लगाइसक्ने छ । जस्ले सामान्य स्तरको मानिसलाई खोप लगाउन बाटो खोल्ने छ।’ कोरोना भाइरसको संक्रमित संख्या निरन्तर उकोलो लागिरहेको बेला बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुपले फेरि विभिन्न देशहरुलाई भयावह बनाउँदै गएको छ । बेलायतबाट आउने र जाने सम्पूर्ण उडानलाई विभिन्न देशहरुले प्रतिबन्ध समेत लगाएको छ । विभिन्न देशहरुले खोपको आपकालिन अभियान सुरुगरेपनि नयाँ स्वरुपको भाइरसले फेरि कतिपय देशहरुमा लकडाउनको अवस्था आएको छ । कोरोना परास्त गर्न खोप मात्र एक विकल्प रहेको उनले बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot