Logo

पतिले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएपछि…



एजेन्सी, १५ पुस । पत्याउनुस वा नपत्याउनुस तर सुन्दा अच्चम लाग्छ ? राजस्थानको अजमेर शहरमा एक व्यक्तिले विवाहको आँठौ वार्षिकउत्सवमा चन्द्रमाको जग्गा उपहार दिएका छन् ।

धरमेन्द्र र सपनाको आँठ वर्ष अगाडी विहे भएको थियो । धरमेन्द्रले आफ्नो पत्नीलाई चन्द्रमामा जग्गा उपहार दिएपछि उनी बलिउडका अभिनेता शाहरुख खान र स्वर्गीय सुशान्त सिंह राजपुतको तुलनामा चर्चामा आएकी छिन् । उनीहरुले समेत चन्द्रमाको जग्गा किनेका छन् ।

लुनार सोसाइटी इन्टरनेश्नलको माध्यमबाट धरमेन्द्रले आफ्नो पत्नीको नामबाट जग्गा किनेका हुन् । यो सोसाइटी अमेरिकाको न्युयोर्क शहरमा अवस्थीत छ । उनले आफ्नो पत्नीलाई डिसेम्बरमा २४ मा सो जग्गा दिएका छन् ।

चन्द्रमाको जग्गा किन्न धरमेन्द्रलाई करिब एक वर्षको समय लागेको थियो । यस सन्दर्भमा पति धरमेन्द्रले भने, ‘प्राय मानिसले आफ्नो पत्नीलाई विभिन्न अवसरमा गाडी, गहना र पृथ्वीमा जग्गा उपहार दिने गर्दछ । तर, म केही फरक उपहार दिन चन्द्रमाको जग्गा रोजेका हुँ ।’ चन्द्रमाको जग्गाको हक दाबी कसरी हुन्छ भन्ने विषयमा कतिपय मानिसहरु अन्यौलमा रहेको छन् ।

भारत लुनार सोसाइटीको १०४ सदस्य मध्ये एक देश हो । जसले लुनार सम्झौता हस्ताक्षर गरेको छ । उक्त सम्झौता भएको देशहरुले चन्द्रमाको जग्गा किन्न सक्ने त्यसमाथि हक दाबी गर्न सक्ने प्रावभधान रहेको छ । भारतले आउटर स्पेस सम्झौता अक्टोबर १० मा गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot