Logo

नेकपा मिलाउन चिनियाँ टोलीको खुलेको र नखुलेका यी भेट



काठमाडौं, १५ पौष । नेपाल कम्युनिस्ट पार्टीलाई मिलाउन छिमेकी मुलुकले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ येचाऊ नेतृत्वको टोली नेपाल आएको चौंथो दिन भएको छ । टोलीले नेकपाका शिर्ष नेताहरुलाई भेटेर पार्टी एकता कायमै राख्न दबाब दिएको छ ।

चाटर्ड विमानबाट आइतबार काठमाडौं उत्रिएको टोलीले चिनियाँ राजदूतावासमा राजदूत होउ यान्छीलगायत कर्मचारीसँग छलफल गरेपछि भेटघाट चलाएको थियो । टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । ती भेटहरु नेकपा मिलाउने उपायबारे केन्द्र्रित थिए ।

सोमबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि टोलीले भेट गरेको थियो ।

येचाऊको टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टीका नेता डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । यी दुई भेटहरु भने औपचारिकता पूरा गर्ने खालका थिए ।

चिनियाँ टोलीले नेकपाका केही अन्य नेताहरुसँग पनि कुराकानी गरेको थियो । त्यसका लागि राजदूतावासमै बोलाएको थियो । नेकपाको दुई समूहका नेतामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराई र प्रचण्ड नजिकका नेकपा स्थायी कमिटी सदस्य जर्नादन शर्मासँग पनि भेटवार्ता गरेको थियो । यी दुईलाई राखेर यचाऊको टोलीले नेकपा मिलाउने सूत्रबारे कुराकान िगरेको बुझिएको छ । ओली र प्रचण्ड दुवैलाई विश्वासपात्र पठाउन दूतावासले भनेकोमा यी दुई नेतालाई पठाइएको थियो । पटक पटक चिनियाँ टोलीले दुवै नेतासँग छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्