Logo

एशियाली बजारले कायम गर्याे नयाँ रेकर्ड



एजेन्सी, १५ पुस। बुधबार एशियाली शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरस महामारीका विरुद्ध राहत प्याकेज र अधिक आर्थिक प्रोत्साहनका प्रयासहरु हुने अपेक्षासँगै लगानीकर्ताहरु आगामी वर्ष बलियो आर्थिक सुधार हुने कुरामा आशावादी हुदाँ एशियाली शेयर बजारमा बढोत्तरी देखिएको हो ।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.६ प्रतिशतले बढेर नयाँ रेकर्ड कायम गरेको छ। चिनीयाँ शेयरमा उच्च बढोत्तरीका कारण उक्त सूचकलाई नयाँ रेकर्ड कायम गर्न सहायता पुगेको बताइएको छ ।

मंगलबार ३० वर्षयताकै उच्च स्तरमा पुगेको जापानको निक्केई सूचक २०२० को अन्तिम कारोबार दिन भने ०.५८ प्रतिशतले घटेको छ । यो वर्ष उक्त सूचकमा १५.८ प्रतिशतको बढोत्तरी देखियो ।

मंगलबार जापानको निक्केई सूचक १.६३ प्रतिशतले बढेर सन् १९९० अगस्टयताकै उच्च स्तरमा पुगेको थियो ।

यता क्रिसमस बिदा सकेर मंगलबार खुलेको बेलायती शेयर बजारमा ब्रेक्जिट सम्झौतासँगै उछाल देखियो ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्