Logo

सामाजिक संजालबाट ४१ लाख ठगी गर्ने २ जना पक्राउ



काठमाडौं,१५ पुस । सामाजिक संजालको माध्यमबाट अनलाईन ठगी गरेको अभियोगमा २ जना पक्राउ परेको छन् । वाट्सएप र फेसबुकको माध्यमबाट ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडि मार्फत सम्पर्क गरी नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइएमीई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्