Logo

जय बाबा गोरख कन्स्ट्रक्सनका संचालक पक्राउ



काठमाडौं, १५ पुस । बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति ५२ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार काठमाडौं जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका संचालक नागार्जुन नगरपालिका–४ घर भएका श्याम कुमार श्रेष्ठ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा अस्फल पेएभिङ वर्क कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको उक्त महाशाखाले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्